पु.समाचार

कोरोना अस्पतालमा उपचाररत दुईको मृत्युः एकमा कोरोना पुष्टि अर्काको परिक्षण गरिँदै

२८ साउन, काठमाडौं । कोरोना अस्पतालमा उपचाररत दुई जना व्यक्तिको मृत्यु भएको छ । यद्यपी मृतक मध्य एक जनामा कोरोना संक्रमण पुष्टि भएपनि अर्का मृतकको भने स्वाब परिक्षणको तयारी गरिएको छ ।

बुटवलको कोरोना विषेश अस्थाई अस्पतालमा उपचारका लागि आईसोलेसनमा भर्ना कपिलवस्तु नगरपालीका वडा नम्बर २ तौलिहवाका ४२ वर्षका कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षका प्रदिप तेलिको गएराति मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मृतक गुप्तामा कोरोना संक्रमण पुष्टि भएपनि मृतक तेलिको भने स्वाब परिक्षण हुन बाँकी छ । गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पताल भर्ना भएका थिए । २५ वर्षीय तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

तेलीको स्वाबको पीसीआर परीक्षण नभएको र अब गरिने डा थापाले जानकारी दिएका छन् । दुवै जनालाई अस्पताल भर्ना भएकैदिनदेखी भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिएका छन् ।