राजनीति

पुर्व जिल्ला सभापति केसिद्वारा देउवाले गरेको विभागको मनोनयन अस्वीकार

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका पुर्व जिल्ला सभापती सुवास केसिले पार्टी सभापती शेरबहादुर देउवाले आफुलाई निर्माण व्यवसायी समन्वय विभागको सदस्य पदमा गरेको मनोनयन अस्विकार गरेका छन् ।

विज्ञप्ति जारी गर्दै पुर्व प्युठान जिल्ला सभापती केसिले काँग्रेसका सभापती देउवाले नेपाली काँग्रेस निर्माण व्यवसायी समन्वय विभागमा सदस्य पदमा मलाई मनोनित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

उनले भनेका छन्ः म नेपाली काँग्रेसको जिल्ला सभापति भैसकेको सन्दर्भका साथै नेपाली काँग्रेस महाधिवेशनको सङ्घारमै भएको र विधानमा नभएको विभागको सदस्यमा आफुलाई अनुपयुक्त महसुस गरि सो विभागमा नरहने जानकारी गराउँदछु ।

साथै उनले नेपाली काँग्रेसको विचार प्रवाह र संगठन निर्माणमा निरन्तर निष्ठावान कार्यकर्ताको हैसियतले आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरेक छन् ।