मनोरञ्जन

मिलन र रितुको ‘तिमी बिना’ सार्वजनिक (भिडियो सहित)

२८ साउन, काठमाडौं । कुसुम मिडिया क्रियशन प्रा ।लि। ले नयाँ प्रस्तुति सो रुप ‘तिमी बिना’ गीत लिएर दर्शक श्रोता सामु आएको छ । युवा गायक रुबेन अवालेको आवाजमा गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
रोशिकले निर्देशन गरेको गीतमा प्रेम बियोगलाई भिडियो कथामा देखाउन खोजिएको छ ।

मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी बिना’मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनालाई उसको दिनचर्या मार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछाई रहिरहेको वर्तमानको दृश्यहरु भिडियोमा अटाउँन खोजिएको छ ।
युवा पुस्तामा हुने गरेका प्रेम बिलाप पछिको पिडालाई गायक रुबेन अवाले लेख्ने कोसिस गरेका छन् । गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका छन् भने सङ्गीत सोल साउण्डको र साउन्ड मिक्सिङ्ग भने जोल मुक्तानले गरेका छन् ।

भिडियोको प्रोडक्सन ब्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी छिन भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गर्दै आएका छन् ।

गीतको भिडियोः