अन्तर्राष्ट्रिय

बलिउड अभिनेता सञ्‍जय दत्तलाई तेस्रो चरणको फोक्सोको क्यान्सर

२८ साउन, एजेन्सी । बलिउड अभिनेता सञ्‍जय दत्तलाई तेस्रो चरणको फोक्सोको क्यान्सर भएको छ । उनी थप उपचारका लागि अमेरिका जाने तयारीमा छन् । क्यान्सर भएकोबारे सञ्‍जय आफैंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

श्वासप्रश्वासमा समस्या भएपछि उनी मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका थिए । आईसीयूमा उपचार गराइरहेका उनको कोरोना भाइरस परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

आफू केही समयका लागि चलचित्र क्षेत्रबाट विश्राम लिइरहेको उनले बताएका छन् । चाडै निको भएर चलचित्र क्षेत्रमा फर्किने उनको विश्‍वास छ । पाँच महीनादेखि परिवारभन्दा अलग्गै बस्दै आएका उनले आफ्नो परिवार साथमै रहेको बताएका छन् ।

सञ्‍जयकी आमा र पहिलो श्रीमतीको पनि यसअघि क्यान्सरकै कारण मृत्यु भएको थियो ।