पु.समाचार

सप्तरीमा कोरोना पुष्टि भएको केहि समयमै ८० वर्षका बृद्धको मृत्यु

२८ साउन, काठमाडौं । सप्तरीमा कोरोना संक्रमणका कारण एक ८० वर्षका बृद्धको मृत्यु भएको छ । मुटु, थाईराईड, सुगर र उच्च रक्तचापका रोगि बृद्धको संक्रमणका कारण गएराति मृत्यु भएको हो ।

मंगलबार (हिजो) नै कोरोना संक्रमण पुष्टि भएपछि आईसोलेशनमा ल्याउनकालागि गएको एम्बुलेन्समा बसेलगतै बृद्धको मृत्यु भएको हो ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षका बृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

यो संगै सिरहामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । पछिल्लो समय वीरगञ्ज, सिराहा, सप्तरी कोरोनाको हटस्पट बन्दै गएको स्थान हो ।