आर्थिक

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई छुटै छुट

२७ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जस अन्तर्गत,  NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company ), BajekoSekuwa रहेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा १५% सम्मको छुट पाउने व्यवस्था गरिएको छ ।

बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque जारी शुल्क र अन्तर शाखा बैंकिङ्ग कारोबार सेवानिःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विनाशुल्क रकम झिक्न सकिने बैंकका प्रमुख सुचना अधिकारी श्री तिलबहादुर गुरुङ्गले बताए ।