बाग्मती

बिश्व हिदु युवा संघले अन्तरास्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण गर्दै

काठमाडौं साउन २७ । विश्व हिन्दु युवा संघले अन्तरास्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंको पसुपती क्षेत्र भित्र रहेको मृगस्थलिमा वृक्षरोपण गर्ने कार्यक्रम आयोजना गरेको छ ।

संघका अध्यक्ष ऋषिकेश जंग शाहले भोलि बिहान ७ बजे नेपाली कांग्रेसका नेता पुर्व मन्त्री एनपी साउदको प्रमुख आतिथ्यता र नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री शकर भन्डारीको विशिष्ट आतिथ्यतामा वृक्षरोपण गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन ।

उनले पसुपती क्षेत्रमा पछिल्लो समय भूक्षयको समस्या भएको भन्दै आफुहरुले उक्त क्षेत्रलाई भूक्षय हुन नदिनलाई वृक्षरोपण गर्न लागेपनि बताए।