पु.समाचार

प्रहरीकाअनुसार कल्पनाले बोहोरालाई मारेर सुटकेशमा हालेर यसरी फालेकी थिईन्

२७ साउन, काठमाडौं । काठमाडौं प्रहरीले गंगबु घटनाका दोषीहरुलाई सार्बजनिक गरेको छ । आज पत्रकार सम्मेलनमार्फत २५ गते बिहान अन्दाजी ७ बजेको समयमा टोखा गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेशबाट रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भई खटिएको प्रहरी टोलीले उक्त सुटकेश खोली हेर्दा सुटकेशभित्र टाउको बिनाको मानिसको लाश रहेको देखि तत्काल महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डौको संयुक्त प्रहरी टोली खटिएको जनाएको छ ।

प्रहरीले अनुसंधान गर्दा साउन २६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको बताएकोछ । मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको प्रहरीले पुष्टी गरेको छ ।

निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको र मृतक र अभियुक्त बीच करिव ३.४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको प्रहरीको दाबी छ ।प्रहरीले अनुसंधान गर्दा शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको, २५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको, अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको उल्लेख गरेको छ। प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु, स्लिपीङ ट्यावलेटको खोल, मोबाईल सेटहरु बरामद गरेको बताएको छ ।

प्रहरीले अनुसंधानबाट मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको, मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने, बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको, मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको, मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको तथ्य फेला पारेको छ ।
प्रहरीले अभियुक्तले दहीमा ५ वटा निन्द्राको औषधी मिसाई खान दिएको, उक्त खानेकुरा खाएपछि मृतक लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको, तत्पश्चात मृतकलाई सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकीन गरेको, धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखी आफैंले फालेको ।
प्रहरीको प्रारम्भीक अनुसंधानबाट निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको, हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको, थप अनुसन्धान कार्य भईरहेको बताएको छ। प्रहरीले अभियुक्त कल्पना मुड्भरी पौडेल र उनकी १० कक्षामा अध्ययनरत १५ बर्षीया छोरीलाई पक्राउ गरेको छ ।