आर्थिक

ज्योति विकास बैंक र राष्ट्रिय आविर केन्द्रद्वारा सम्झौतामा हस्ताक्षर

२७ साउन, काठमाडौं ।  ज्योति विकास बैंक लिमिटेड ले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको विकास प्रवर्द्धन कोषमार्फत आफ्नो १२ औं वार्षिकोत्सवको अवसर पारेर श्रावण ९ गते डा महाविरपुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्र सँग न्यानोनानी बेबीवार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणा गरे बमोजिम सोमबार दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र राष्ट्रिय आविष्कार केन्द्रकातर्फबाट केन्द्रका अध्यक्ष डामहावीर पुनलेहस्ताक्षर गरेको उक्त सम्झौता बमोजिम ज्योति विकास बैंकले १० वटा न्यानोनानी बेबी वार्मर बनाउनको लागि आवश्यक

८ लाख राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने छ । साथै तीउपकरणहरु दुवै संस्थाहरुको संयुक्त सहकार्यमा देशका विभिन्न ग्रामीण तथा पहुंचन पुगेका अस्पतालहरुलाई प्रदान गरिने बैंकले जनाएको छ । नवजात शिशुको शारिरिक तापक्रम उचितराख्न प्रयोग हुनेराष्ट्रिय आविष्कार केन्द्रको बेबीवार्मरले देशको विभिन्न स्थानहरुमा शिशु मृत्यु दर समेत न्यूनीकरण गर्न योगदान पुर्याउने हुँदा बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग उक्तसम्झौता गरेको जनाएको हो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूलउद्देश्यबाट निर्देशित बैंकको विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमाजोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको जनाएको छ ।