अन्तर्राष्ट्रिय

टम्पले ब्रिफिङ गरिरहेका बेला ह्वाईट हाउस बाहिर जब चल्यो गोली………

२७ साउन, एजेन्सी । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले ब्रिफिङ गरिरहँदा ह्वाईट हाउस अगाडी गोली चलेको छ । राष्ट्रपति ट्रम्पले पत्रकारसँग कुराकानी गर्दै यस बारेमा जानकारी दिएका हुन् । अमेरिकाको ह्वाईट हाउस भन्दा बाहिर फायरिङ भएको हो ।

उनले भने, ‘ह्वाइट हाउस बाहिर फायरिङ भएको खबर आएको छ, तर अहिले स्थिती नियन्त्रणमा छ ।’ह्वाइट हाउस बाहिर फायरिङ भएको बेला ट्रम्प प्रेस ब्रिफिङमा थिए ।

सीक्रेट सर्भिसका अधिकारीले उनलाई पेडियमबाट झर्नको लागि बताएका थिए । केहि समयका कारण्ढा प्रेस ब्रिफिङ रोक्नु समेत परेको थियो । उक्त गोली चल्दा दुई जना पुरुष घाइते भएको र दुवैलाई अस्पताल लगिएको बताइएको छ । ती पुरुष निशस्त्र रहेको स्रोतलाई उल्लेख गर्दै बीबीसिले जानकारी दिएको छ ।

उक्त गोली एक बन्दुकधारीले ह्वाइट हाउसको नजिकै चलाएको र उनलाई समातिसकेको अधिकारीले बताएका छन । उक्त घटनाको बारेमा अनुसन्धान भईरहेको अधिकारीले जानकारी दिएका छन् ।