बाग्मती

पार्टीका हरेक तहमा अनुशासन कमी र स्वेच्छाचारिता बढ्योः बोहरा

२७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन् ।

नेकपा क्षेत्र नं १ प्रदेश ९क० द्वारा आयोजित बैठकमा उनले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गरेका छन् । पार्टीको हरेक नेता/कार्यकर्ता बैठकबाट भाग्न नहुने उनले बताए ।

सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकामा आश्चर्य प्रकट गरेका छन् ।

उनले जनभावना विपरीत गतिविधि गर्ने हरेक नेता/कार्यकर्ता आफैँ समाप्त हुने समेत बताए । बैठकमा पूर्वसांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाल लगायतले आफ्ना विचार राखेका थिए ।