राजनीति

डा कोईरालाको अपीलः भ्रष्टाचारको अखडा ओली सरकार बिरुद्ध एकजुट होऔं

२७ सउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईरालाले भ्रष्टाचारको अखडा ओली सरकारका विरुद्ध एक हुनै सबैलाई अपिल गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमाफर्त नेता कोईरालाले ओली सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै यस्तो अपिल गरेका हुन् । उनले रेल र पानी जहाजको सपनाको भर्याङ् चढेर सत्तामा पुगेको सरकारले त्यही जनताको सपनाको रेललाई सीमित शिर्ष नेता नजिकका ठेकेदारहरुलाई काम दिएर भ्रष्टाचारको अखडा वनाउॅनु निन्दनीय रहेको बताएका छन् ।

चुनावका बेला जनतलाई ठुला ठुला सपना देखाउने सरकार अहिले हरेक क्षेत्रमा भ्रष्टाचार गर्दै कोरोना नियन्त्रणमा समेत असफल भएको भनि चौतर्फि टिप्पणी भईरहेका बेला डा कोईरालाले यस्तो अपिल गरेका छन् ।

उनको ट्वीटः रेल र पानी जहाजको सपनाको भर्याङ् चढेर सत्तामा पुगेको सरकारले त्यही जनताको सपनाको रेललाई सीमित शिर्ष नेता नजिकका ठेकेदारहरुलाई काम दिएर भ्रष्टाचारको अखडा वनाउॅनु निन्दनीय छ । यस्तो वेथितिका विरुद्ध सवै एकजुट वनौं ।