राजनीति

कांग्रेस पुनर्जागरणका लागि बरिष्ठ नेता पौडेलका यस्ता छन् ७ बुंदे महत्वपूर्ण दृष्टिकोण

२७ साउन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पुनर्जागरणका लागि आफ्नो दृष्टिकोण सार्बजनिक गरेका छन् । पार्टीमा नवजीवन, लोकतान्त्रिक समाजवाद, समुन्नतिका आधार, हाम्रो बसोबास, व्यवस्थाको प्रश्न, सामाजिक–धार्मिक सद्भाव, परराष्ट्र सम्बन्ध गरी नेता पौडेलले ७ बुंदामा कांग्रेस पुनर्जागरणको कल्पना गरेका छन् । नेपाली काँग्रेसको आउँदै गरेको १४ औं महाधिवेशनमा सभापतिको लागि शेरबहादुर देउवासँगका प्रमुख प्रत्यासीको रुपमा चिनिने बरिष्ठ नेता पौडेलले छोटकरीमा यसरी कांग्रेसको पुनर्जागरणको ब्याख्या गरेका छन्ः

१. पार्टीमा नवजीवन –
“निमुखालाई न्याय र विपन्नलाई आय” साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी म’ल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार ।

२. लोकतान्त्रिक समाजवाद –
उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन । युवा–केन्द्रित रोजगारी सिर्जना । श्रमको सम्मान गर्ने संस्कृति । एकीकृत सामाजिक सुरक्षा । सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र । जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य । मानवीय न्याय, स्वतन्त्रता , मानवीय खुशी र शुखी समाजवादका अन्तिम लक्ष्य ।

३. समुन्नतिका आधार –
प्रविधि प्रयोगी दक्ष नागरिक । स्वच्छ उर्जा । उच्च उत्पादकत्व सहितको रोजगारम’खी कृषि । बहुआयामिक वातावरण–मैत्री पर्यटन । प्रतिस्पर्धी बजारसंग गाँसिएको उद्योग–व्यवसाय । दुरी र लागत घटाउने पुर्वाधार ।

४. हाम्रो बसोबास –
स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको संजाल । स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान । नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।

५. व्यवस्थाको प्रश्न –
सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना । मौलिक हक र विधिको शासनको प्रत्याभुति । भ्रष्टाचार विरुद्ध कठोर संघीय स’शासन । बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति ।

६. सामाजिक–धार्मिक सद्भाव –
समाजका हरेक समुहबीच सहकार्य । सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण । सामाजिक पुँजीको जगमा सामुदायिक विकास ।

७. परराष्ट्र सम्बन्ध –
नेपालको अखण्डता र स्वाभिमानको रक्षा । बलियो अर्थ–कुटनीतिक अभ्यास । भाईचारामा आधारित असंलग्न नीति । बिभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन ।