स्वास्थ्य

कोहलपुर मेडिकल कलेजमा कोरोना भाइरसका कारण मृत्यु

२६ साउन, बाँके । मेडिकल कलेज कोहलपुरमा आज एक व्यक्तिको कोभिड–१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।
जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।