विचार/ब्लग

नेता नविन्द्रराज जोशी कांग्रेस महामन्त्रीमा किन चर्चामा आए ?

तेजप्रसाद लामिछाने/१६ वर्षकै उमेरमा राजनीति शुरु गरेका नविन्द्रराज जोशी २०३६ सालमा नेपाल विधार्थी संघको केन्द्रीय सदस्य थिए, नेविसंघको महामन्त्री जोशी २०४८ सालको बुटवल अधिवेशनमा अध्यक्षमा पराजित भएसँगै विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा शुभारम्भ गरे, गणेशमान सिंहको छत्रछायँमा राजनीति गरेका जोशीलाई गणेशमान सिंहको लिगेसीको रुपमा पनि हेर्ने गरिन्छ। २०४९ सालको स्ठानिय चुनाबमा काठमाडौं महानगरको उपमेयरमा निर्वार्चित भएपछि दुरदृष्टि भएका पुर्व उपमेयर जोशीले आफ्नो बिशेष पहल महानगरको खुल्लामञ्च खालि गराउन सफल भएका थिए । दिगो विकासको सुरुवात गर्न अनुगमनमा तिव्रता दीदै सबै वडामा महानगरीय अनुगमन समिति गठन गराए ।

तेज प्रसाद लामिछाने

आफु कार्यवाहक मेयर रहदा काठमाडौं नगरलाई काठमाण्डौ महानगरपालिका घोषणा गराउन सफल भए निकै सक्रिय र कर्मशील नेता जोशी नेपाल नगरपालिका संघका संस्थापक महासचिव समेत हुन्।
नगरपालिकासंग जोडिएका नजिकका गाविसलाई सहयोग गर्न “अन्तर नगर सहयोग कार्यक्रम” लोकप्रिय राष्ट्रिय परियोजना देशब्यापी अभियान उपमेयर जोशीकै पहलमा सुरुवात भएको थियो ।
कर्ममा विश्वास गर्ने शालीन र सादगी नेता जोशी आफुले पाएको जिम्मेवारीलाई इमानदारी पूर्वक पूरा गरेर नतिजा निकाल्न रुचाउँछ ।
२०५६ सालमा युवा स्वरोजगारका कार्यकारी उपाध्यक्ष भएका नेता जोशीले त्यसै बखतमा युवा स्वरोजगारका क्षेत्रमा थुप्रै नीतिगत काम गरे । नेता जोशीले २०५२ सालमा गणेशमान सिंहको जीवनीमा अध्ययन र अनुसन्धान गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठान खोले त्यस लगत्तै सर्वमान्य नेता लौह पुरुष गणेशमान सिंहको जीवनीमा आधारित”
“वीर गणेशमान“ चलचित्र समेत निर्माण गरे । सोहि चलचित्र गणेशमान सिंह पुत्र गणेशमान सिंह फाउण्डेसनका अध्यक्ष तथा काँग्रेस पुर्व महामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा गत बर्ष सन् २०१९ नोभेम्बर ९ देखि १८ सम्म जनसम्पर्क समिति अमेरिकाको सहकार्य र सहयोगमा अमेरिकाको विभिन्न शहरमा प्रदर्शन भएको थियो । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं८ बाट बिजय भएका नेता जोशी पहिलो संविधानसभामा नेपाली काङ्ग्रेस प्रवक्ता र सिमा अध्ययन समितिको संयोजक बन्ने मौका पाए । दोस्रो संविधानसभाबाट संविधान जारी भए सँगै दाहाल नेतृत्व सरकारमा उद्योगमन्त्री हुँदा ९ महिने छोटो कार्यकालमा १० वर्ष अघि देखि बन्द उद्योग नेपाल औषधि लिमिटेडलाई सिमित स्रोत र साधन पूँजीको व्यवस्था गरेर संचालन गर्न सफल हुनु भो । अहिले त्यो उधोग करोडौको नाफामा चलेर थेरै भए पनि रोजगारी सिर्जना गरेर औषधि उत्पादन गरि रहेको छ । काङ्ग्रेसका मन्त्रिले उद्योग बेचेर खायो भनेर लगाउनेलाई पूर्वमन्त्री जोशीको यो सानो प्रयास ले पनि धेरै मलहम लगाइदिएको छ देशले गर्भ गर्न लायक पुर्व स्वास्थ्य मन्त्री गगन थापा र पुर्व उद्योगमन्त्री नेता नविन्द्रराज जोशी १४ औं महाधिबेशनमा महामन्त्रीमा व्यापक चर्चा छ ।
नेपाली कांग्रेसबाट पटक पटक प्रधानमन्त्री र मन्त्री भएकाहरु आलोचित र विवादित भैरहेको स्थितिमा नेता थापा र जोशी जस्ता स्वाभिमानी र इमान्दार युवा नेता काँग्रेस नेतृत्व पदाधिकारी टिममा निर्वाचित भएमा नेपाली कांगेसको भबिष्य उज्वल हुने आशामा आम कांग्रेस कार्यकर्ता छन् । दहाल नेतृत्व सरकारका चर्चित कर्मशील यी २ पुर्व मन्त्रि, कर्म गर्दै नगर्ने कान मात्र भर्ने दासीले भरिएको देउवा नेतृत्व सरकारमा यिनीहरुले चाही ठाउँ पाएनन् । अहिले नेपाली कांग्रेस नेतृत्व वरिपरि युवाको नाममा त्यहि दासी समुह हाबी छ । त्यसै परिणाम स्वरुप पार्टि झन् झन् कमजोर बन्दै गएको छ ।
किसुुनजी र गणेशमानजीसँग निकट रहेर, गणेशमान सिंह, गिरिजाप्रसाद र किसुनजीसँग मध्यस्थता कर्ताको भूमिकामा नेपालको बहुदल स्थापनामा जोशीले उल्लेखनीय भूमिका निर्वाह गरेको कुरा कांग्रेस शिर्ष नेताहरु स्वयं स्वीकार गर्छन् ।
मिजासिला, बौद्धिक र क्षमतावान् नेता जोशी निष्ठावान् राजनीतिज्ञमा गनिन्छन्। आफुले पाएको जिम्मेवारी राम्रोसँग निर्वाह गरेर पार्टीको हितमा सदैव कटिबद्ध रहने विद्यार्थी राजनीतिबाट खारिएर आएका जोशी १२ औंं र १३ औंं महाधिबेशनबाट निर्वाचित केन्द्रीय सदस्यमा नेता जोशी कार्यकर्ताको मूल्याङ्कनमा हिमाल पहाड तराई मधेश, जनजाति, आदिवासी सबैका साझा नेता जोशीले कार्यकर्ता माझ लोकप्रियता कमाई सकेका छन् ।
देशभरका कार्यकर्ता आम कांग्रेस शुभचिन्तकहरु पनि उनको उर्जाशील काममा खटाई देखेर नविन्द्रराज जोशीलाई महामन्त्रीको रुपमा निर्वाचित भएमा नेपाली कांग्रेसको भबिष्य उज्ज्वल देख्नेहरु धेरै छन् ।
अहिले कोरोनाको महामारी बेलामा गणेशमान सिंह अध्ययन प्रतिष्ठानबाट जोशीकै नेतृत्वमा मुलुकका हित र लोकतान्त्रिक व्यवस्थालाई सुद्दिढ बनाउन लाईभ भर्चुवल मिटिङ्ग मार्फत ७७ जिल्लाको प्रतिनित्व हुने गरि चैत्र २०७६ देखि २०७७ श्रावण सम्म यो ५ महिनामा निरन्तर रुपमा, स्वास्थ्य, न्याय, सुशासन माथि सपोर्ट हुने बिषय गत गोष्टिमा सम्बन्धित ज्ञाताहरुको प्रतक्ष्य सहभागीतामा कार्यक्रम आयोजना गरिने गरिएको छ । यो कार्यक्रमबाट नेता जोशीको काम प्रति लगनशिल र निरन्तरताले उनको कर्मशिल व्यक्तित्वलाई आम कार्यकर्ता र प्रतिनिधि कार्यकर्ता माझ परिचित हुने मौका मिल्यो ।
(लेखक गणेशमान सिंह स्मृति पुस्तकालय, रुपन्देहीका अधक्ष्य हुन् ।)