साहित्य

मेरो लागि श्रावणको सोमवार !

-सनत कुमार थापा                                                       -कविता
श्रावण महिनाको सोमवार भगवान शिवजीको मन पर्ने वार !
संयोग जुर्यो मलाई पनि श्रावण महिनाको अन्तिम सोमवार !!

भगवान शिवजीको आराधना गरि पुजा पाठ गर्ने कति राम्रो वार!
मैले यो धर्तीमा प्रबेश गरेको श्रावण महिनाको अन्तिम सोमवार !!

शुक्लपक्ष द्वादसी तिथिमा यो धर्तीमा पहिलो पाईला टेकियो !
देव भुमी नेपालमा जन्मी भगवान पसुपति नाथको दर्शन गरियो !!

कयौं बर्षको तपस्या पछि अन्ठाउन्न बर्ष पहिले आए म यो सुन्दर संसार!
सर्व प्रथम पुजनिय माता पितालाई दण्डवत ढोंग अन्यलाई नमस्कार !!

माता पिताको आसिर्वाद अग्रजहरूको शूभकामना एवं न्यानो मायाँ !
कैयौं बसन्त पार गरियो दुःख सुख यस्तै रहेछ ज़िन्दगी को घाम छायाँ !!

शिक्षा र ज्ञान दिई यहाँ सम्म ल्याउने गूरूहरू प्रती रहनेछू सधै आभार !
मेरो अनूज एवं शिष्यहरूलाई सधै सधै शूभ आशीर्वाद एवं मिठो प्यार !!

हामी सबैको हृदयमा सधै सधै आई रहोस सद्बूद्धी एवं सद् बिचार !
भगवान संग प्राथना सूख र आनन्द संग चलोस् हामी सबैको घरवार !!

सैतिस बर्षको जागिरे जीवन बाट नियम पुर्बक हुँदैछु अबकास !
मलाई सहयोग गर्नु हुने आदरणिय ब्यक्तित्व र सहयोगी सबैलाई धन्यबाद !!

अन्ठाउन्न बसन्त पार गरियो आउने बसन्तलाई सधैं मंगलमय शूभकामना !
हरक्षण खुशी र सफलता मिलोस् भगवान संग यहि छ मेरो सधै प्राथना !!