समाचार

अध्यागमन विभागका कर्मचारीमा देखियो कोरोनाः सम्पुर्ण सेवा बन्द

२६ साउन, काठमाडौं । अध्यागमन विभागका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विभागका ६७ जनामा गरिएको पिसिआर परिक्षणमा ५३ जनाको रिपोर्ट नेगेटिभ आउँदा एक जनाको रिपोर्ट भने पोजेटिभ आएको विभागका महानिर्देशक रमेशकुमार केसिले जानकारी दिएका छन् ।

विभागका एक जना कर्मचारीमा कोरोना पुष्टि भएपछि विभागद्वारा हुने सम्पुर्ण काम–काज बन्द गरिएको छ ।

साथै विभागको केन्द्रिय कार्यालयको सेवा बन्द भएपनि त्रिभुवन विमानस्थलस्थित अधयागमन विभागको काम भने नियमित रहेको महानिर्देशक केसिले जानकारी दिएका छन् ।