पु.समाचार

पर्सामा फेरी थपिए ६ महिला सहित २२ जना कोरोना संक्रमित

२६ साउन, काठमाडौं । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको वीरगञ्ज/पर्सामा कोरोना संक्रसिमत दैनिक थपिँदै गएका छन् । यसैक्रममा फेरी उता पर्सामा थप २२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । संक्रमित हुनेहरुमा १८ देखि ५० वर्ष उमेर समूहका व्यक्तिहरु रहेका छन् ।

आइतबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ महिला सहित २२ जना संक्रमीत थपिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिएक छन् । जसमा चार जना कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षण गरिएकाहरू रहेका छन ।

यस्तै संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयका चार प्रहरी, पोखरिया अस्पतालका चिकित्सकसहित तीन स्वास्थ्यकर्मी, नारायणी अस्पतालका एक कर्मचारी र औषधि उद्योगका तीन जना कर्मचारी भएको डा. उपाध्यायले बताएका छन् ।

यस्तै वीरगन्ज –११ श्रीपुरका चारजना, मुर्लीका २ जना, नगवा र छपकैयाका एक/एक जना रहेका छन् । पर्सामा हालसम्म एक हजार ३७ जनामा कोरोना संक्रमण देखिएको छ भने २१ जनाको मृत्यु भइसकेको छ । साउन यता १७ जनाको मृत्यु भएको मेसु डा.उपाध्यायले बताए । लकडाउ खुलेयता त्यहाँ दैनिक जसो कोरोना संक्रमितहरु थपिईरहेका छन् ।