विचार/ब्लग

जनताले कम्युनिष्टलाई कहिल्यै मतदान गर्ने छैनन्, बेलैमा चेतना भया!

शोभा रावत/२६साउन, काठमाडौं। चीनको वुहान सहरबाट फैलिएको माहामारी रोगको रुपमा देखिएको कोरोना भाईरस संक्रमणका कारण यतिबेला बिश्वनै आक्रान्त बनेको छ ।बिश्वभरी साढे ७ लाख हाराहारीले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या पनि २ करोडको नाघिसकेको छ।बिगत आठ महिनादेखी फैलिएको महामारीका कारण विश्वको आर्थिक, सामाजिक, शैक्षिक लगायतको क्षेत्रमा नराम्ररी असर पुगेको छ।कयौं मुलुकले महामारीको खतरा हुँदा–हुँदैपनि मुलुकको आर्थिक संकट धरापमा पर्न थालेपछि कोरोना नियन्त्रणकालागि लगाएको लकडाउन हटाएका छन् भने कयौं मुलुकले कोरोना संक्रमणको स्थितीहेरी स्थानीय स्तरमा विषेश लकडाउन जारी गरेका छन्।महामारी फैलिएको आठ महिना भैसक्दा पनि यो दलदलबाट विश्व उम्कनुको साटो झनै फस्दै गएको छ ।
समयमै लकडाउन नगर्नु, नागरिकले सरकारले बनाएको नियमको पालना गर्न नसक्नु नै महामारी फैलने पाटो बनिदिएको छ र विभिन्न मुलुकका बैज्ञानिकहरु कोरोना भाईरसबिरुद्धको औंषधि बनाउनका लागि दिनरात खटेपनि आजसम्म सफलता मिल्न सकेको छैन।जसले गर्दा यो महामारीबाट बिश्वले छुटकारा पाउन मुस्किल परिरहेको छ। मुलुकैभरी दैनिकजसो मृत्यु हुने र संक्रमितको संख्या झनै बढ्दै गएको छ।अहिले संक्रमणको हिसावले शक्तिराष्ट्रहरु पहिलोमा अमेरिका दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेका छन्।
यस्तै पछिल्लो समय कोरोनाको प्राव नेपालमा पनि दिनानुदिन बढ्दैगएको छ। जहाँ दैनिक जसो कोरोना संक्रमितको संङ्ख्या बढेको छ, नै मृत्यु हुनेको संङ्ख्या पनि थपिँदै गएको छ।मुलुकमा जारी लकडाउन साउन ७गतेदेखी खुलेयता नेपालमा कोरोना संक्रमण बढेको छ।नेपालमा अहिलेसम्म २२ हजार भन्दा बढी संक्रमित भएका छन् भने ७५ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ।अन्य केहि व्यक्तिको पनि कोरोनाका कारण मृत्यु भएको छ जसको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि गर्न बाँकी छ। बुधबारमात्रै २४ घण्टाको अवधिमा नेपालमा कोरोनाका कारण ६ जनाको मृत्यु भएको थियो। आईतबारमात्र कोरोनाका कारण ३जनाले ज्यान गुमाएका छन्।हरेक दिन मृतकहरुको संख्या बढ्दै गएको देखिन्छ ।
कोरोना नियन्त्रणका लागि ०७६ साल चैत्र ११ गतेदेखि जारी लकडाउन खोलेपछि संक्रमित र मृतक संख्या बढ्न थालेको छ। तीन महिना भन्दा लामो लकडाउनले मुलुकको आर्थिक अवस्था धरापमा परेको भन्दै विभिन्न विज्ञहरुको परामर्शमा सरकारले लकडाउन खुकुलो बनाउने योजना बनायो।मुलुकमा लकडाउ खुलेयता कोरोना संक्रमित ह्वात्तै बढेका छन्।लकडाउन खुलेपछिको स्थानीय स्तरमा लापरबाहिका कारण संक्रमण झनै फैलँदै गएको छ। मुलुकमा फेरी कोरोना महामारी तिब्र हुन थालेपछि कोहि बिज्ञ लकडाउनलाई निरन्तरता दिने पक्षमा छन् भने आर्थिक विषेशज्ञहरुले भने मुलुकमा फेरी बिना तयारी लकडाउन गरिए आर्थिक दुर्घटना निम्तिने चेतावनी दिँदै अर्थतन्त्रचलायमान बनाउँदै कोरोना भाईरसको नियन्त्रणको बैकल्पिक बाटो खोज्न सल्लाह दिएका छन्। 
बहुमत अर्थ बिज्ञहरुको सुझाव हेर्दा यसकारण कोरोना नियन्त्रणका लागि लकडाउन एउटा पाटो भएपनि समस्याको पुरै समाधान भने होईन भन्ने कुरा सरकारले बुझ्नुपर्ने देखिन्छ।मुलुकमा लामो लकडाउन गरिँदा धेरैको रोजगारी गुम्ने, व्यापार व्यवसाय धरापमा पर्ने, दैनिक ज्याला मजदुरी गर्नेहरु भोकै मर्नुपर्ने अवस्था श्रृजना हुने देखिन्छ। बिज्ञको सललाह सही देखिन्छ, त्यसै सल्लाहलाई मान्दै कोरोना नियन्त्रणका लागि सरकारले केहि फरक कोणबाट सोच्न जरुरी देखिन्छ।सरकारले आजको समस्यालाई मात्रै नभर्ई भोली कोरोना पछिको अवस्थालाई पनि ध्यान दिन जरुरी छ। सिंगो देश लकडाउन हुँदा मुलुकमा निकै ठुलो आर्थिक संकट आउछ, कल्पनाभन्दा पनि बाहिरको संकट आउने हुनाले त्यो संकट आउन कुनै हालतमा दिनुहुन्न।कोरोना महामारीको अवस्था र स्थानीय तह हेरी सो स्थानमा केहि कडाई गर्दा राम्रो हुनेछ।अहिले विभिन्न जिल्लाहरुमा संक्रमण फैलिँदै गएपछि उक्त जिल्ला तथा स्थानीय तहहरुमा निषेधाज्ञा जारी गर्न थालेका छन्।यस्तै क्रमलाईनिरन्तरता दिनु उपयुक्त कदमको रुपमा हेर्नुपर्छ।
कोरोनाले मुलुकका नागरिकलाई नराम्ररी सताई रहेकाबेला मुलुकमा सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा भने आन्तरिक विवादमा छरपष्ट रुपमा रुमलिएको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र विगत देखीको आन्तरिक विवाद आजसम्मपनि सुल्झिनु त परै जाओस झनै बल्झिँदै गएको छ।पछिल्लो समय अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दहाल आ–आफ्नो गुट बनाएर छुट्टा–छुट्टै बैठक आयोजना गर्दै एक अर्काेमा खनिईरहेका छन्।दुई अध्यक्षबीचको बिबाद झनै बढ्दै गएको छ।उनीहरुबीच बाध्यात्मक बाहेक औपचारिक बोलचाल नै नभएको समाचार छरपष्ट रुपमा आईरहेका छन्।
अध्यक्ष दहालले पार्टीमा बहस भइरहेका बेला अर्का अध्यक्ष ओली पक्षले आफूसँग बदला दिने गरी निर्णय हुन थालेको भन्दैे आफुले गरेका निर्णयहरु उल्ट्याउने, भेट्न गएकै कारण अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउने कामसमेत भएको आरोप लगाएका छन्।उता अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अध्यक्ष दहाललाई संकेत गर्दै केहि गैरजिम्मेवार व्यक्तिपनि भएको टिप्पणी गर्न थालेका छन्।साथै ओलीले पार्टी फुटका लागि निरन्तर क्रियाकलाप गरेको समेत दहाल पक्षको आरोप छ।
प्रधानमन्त्री ओलीले रामको जन्मभुमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सुरु भएको नेकपा विवाद ओलीको राजिनामा सम्म आईपुगेको छ। शिर्ष दुई नेताबीचको विवाद समाधानका लागि पटक–पटक वार्ता हुँदा पनि विना निष्कर्ष टुंगिने गरेको छ।दुई अध्यक्षविच ओलीलाई जसरीपनि प्रधानमन्त्रीबाट राजिनामा दिलाउने पक्ष र कुनैपनि हालतमा अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा नदिने ओली पक्षबीचको पदीय झगडाका कारण झनै टकराव वढ्दै गएको छ।जसले गर्दा नेकपाको स्थायी कमिटी, केन्द्रीय कमिटी बैठक अन्योलमा पुगेको छ।
एकातिर अध्यक्ष ओलीलाई दहाल पक्ष आफ्नो पद खोस्नलाई लागको डर भईरहेकाबेला केहीदिन अघिमात्रै पार्टीसम्बद्ध पत्रकार सम्मेलनमा दहाल–माधवकुमार नेपाल पक्षका शीर्ष नेताहरुले भने पार्टीमा चलिरहेको बहस पदको झगडा नभएको प्रष्टिकरण दिए। अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको दाबी गरेका थिए।
सरकारको नेतृत्व गरेको पार्टी नै आन्तरिक किचलोमा रुमलिएका बेला नेपालमा भने कोरोना महामारीको अवस्था झनै जटिल बन्दै गएको छ। सरकारको ध्यान कोरोना महामारीनियन्त्रण, रोकथाम उपचारमा भन्दा आफ्नो गुटलाई बलियो बनाउनतिर गएको तीतो यथार्थ सबैका सामु छर्लगैं देखिएको छ।साउनबाट १५हजार दैनिक परीक्षण गर्ने भन्दै पत्रकार सम्मेलनमार्फत नै सार्बजनिक गरेको सरकारले साउनसकिन लाग्दा पनि कोरोना परीक्षणको दायरा वढाउन सरकारले सकेको छैन भने क्वारेन्टाईनहरुको अवस्थामा पनि पनि त्यस्तै बिजोक नै छ, कुहिएका चामल, पानीले भिज्नेहवस्था लगायत।अहिले काठमाडौं उपत्यकापछि नेपालको बिराटनगर, वीरगञ्ज, नेपालगंज, जलकपुर लगायतमा कोरोनाको ईपिसेन्टर बनेको छ।त्यहाँ कोरोना संक्रमित र मृतकको संङ्ख्या तिब्र गतिमा बढिरहेको छ।वीरगञ्जमा कोरोना संक्रमीत बिरामीलाई राख्ने अस्पतालको अभाव हुनलाग्दासम्म पनि सरकारकतर्फबाट प्रभावकारी कदम चाल्नसकेको देखिदैन।
यतिमात्रै होईन वर्षायाम सुरु भएसंगै मुलुकका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कयौं घटना घटे।प्राकृतिक विपत्तीमा धेरैले ज्यान गुमाए भने सयौं घरपरिवार विस्थापित भए।वाढी, पहिरो डुवानका कारण आफ्नो थातथलो छाडेर विद्यालय लगाएतको ठाउँमा चाउचाउ, चिउरा खाएर गुजारा गर्न बाध्य छन्।उनीहरुको उचित व्यवस्थापनमा सरकारले चासो दिएको छैन।अझैपनि वाढी, पहिरोमा परेर कयौं व्यक्ति बेपत्ता छन्। सरकारले न महामारीको रोकथाम, नियन्त्रण र उपचारमा प्रभावकारी कदम चाल्यो न त, बाढीपहिरो र डुवानपीडितलाई महत्वपूर्ण रुपमा मल्हम लगाउन सक्यो, मात्र सरकार आफ्नो पार्टीमा आफ्नो गुट बलियो बनाउनमा दिनरात लागिरह्यो।अबसरकारले पदका लागि भन्दा देश र जनताका लागि गाग्न ढिला गर्नु हुन्न, अब नेपालले झाण्डै दुईतिहाई मतको कम्युनिष्ट सरकारको रुपमा, सर्बहारा बर्गको नेतृत्वकर्ताका रुपमा चिन्ने बनाउन ढिला भयो।यदि अझैपनि आपसी झगडामामात्र लाग्ने अनि केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले देश र जनताको उत्थानका लागि नसोच्ने हो भने अबदेखी कुनैपनि नेपाली जनताले कम्युनिष्टलाई मतदान गर्ने छैनन्।बेलैमा चेतना भया!ओलीसरकारका कारण नेपालका अन्य कम्युनिष्टहरुप्रति पनि नेपाली जनताको बिश्वास गुम्नेछ।सबै कम्युनिष्टले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।चेतना भया !!