पु.समाचार

खानेपानी संस्थान बुटवलका प्रमुख नगदसहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

२६ साउन, काठमाडौं । २ लाख ३३ हजार रकम सहित खानेपानी संस्थान बुटवलका प्रमुख पक्राउ परेका छन् ।

नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आईतबार धादिङको धुनिबेंसी नगरपालीका ८ खानीखोलाबाट रंगेहातथ पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार साहको साथमा स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको छ । उनिमाथि थप अनुसन्धान भईरहेको छ ।

ईन्जिनियर साहले खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ आउँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो