प्रदेश 2

कोरोनाले वीरगञ्जमा थप एक ४५ वर्षीया महिलाको मृत्यु

२६ साउन, काठमडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको वीरगञ्जमा कोरोनाका कारण एक महिलाको मृत्यु भएको पुष्टि भएको हो ।

उक्त महिलाको मृत्यु संगै साउन महिनामा मात्रै पर्सामा कोरोना संक्रमणका कारण १८ जनाले ज्यान गुमाएका छन् । नारायणी कोरोना विशेष अस्पतालमा गण्डकमा उपचारका क्रममा मृत्यु भएकि ४५ वर्षकी महिलामा कोरोना पुष्टि भएको अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिएका छन् ।

वीरगञ्ज महानगरपालिका १५ भेडियाहीकि महिलाको नारायणी अस्पतालको प्रयोगशालामा शनिबार मृत्यु पस्चात आईतबार स्वाब निकालेर गरिएको परिक्षणमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

पहिलेदेखि नै उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । डा सिंहका अनुसार गम्भिर अवस्थामा अस्पताल ल्याइएकाले विरामीलाई बचाउन नसकिएको हो ।