सामाजिक सञ्जाल

संग्रौला कड्किएः ओलीको प्यारो स्वास्थ्य मन्त्रीले जनताको ज्यान खतरामा पार्न नछाड्ने भो

२६ साउन, काठमाडौं । वुद्धिजिवि लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले ओली सरकार कोरोना नियन्त्रणमा असफल हुँदै गई रहेको प्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले ओलीको प्यारो स्वास्थ्य मन्त्रीले जनताको जनताको ज्यान खतरामा पार्न नछाड्ने भो भन्दै कड्किएका छन् ।

उनले स्वास्थ्य सेवा विभागले प्रति कीट ४ डलरको प्रस्ताव बदर गरी प्रति कीट ९ डलरको प्रस्ताव सदर गरेर पिसीआर किट खरिदमा फेरि सात करोड रूपियाँ खान लागेको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

ओलीको अति प्यारो स्वास्थ्यमन्त्री भानुले जनस्वास्थ्यमा समर्पित रकम खाएर जनताका ज्यान खतरामा पार्न नछाड्ने भो भन्ने आक्रोस व्यक्त गर्दै उनले भनेका छन्ः हैट्, खानको काल ! 

मुलुक कोरोनाको कहरले आक्रान्त बनिरहेकाबेला स्वास्थ्य मन्त्रालय र मन्त्रीभने भ्रष्टाचारमा चुर्लुम्म डुबेर आफ्नै झोलि भर्न उद्धत भएको उनको टिप्पणी छ ।

उनको ट्वीटः स्वास्थ्य सेवा विभागले प्रति कीट ४ डलरको प्रस्ताव बदर गरी प्रति कीट ९ डलरको प्रस्ताव सदर गरेर पिसीआर किट खरिदमा फेरि सात करोड रूपियाँ खान लागेछ । ओलीको अति प्यारो स्वास्थ्यमन्त्री भानुले जनस्वास्थ्यमा समर्पित रकम खाएर जनताका ज्यान खतरामा पार्न नछाड्ने भो । हैट्,खानको काल !