पु.समाचार

देशका विभिन्न स्थानमा भारी वर्षा, वाढी, पहिरो आउने हुँदा सतर्कता अपनाउन आग्रह

२६ साउन, काठमाडौं । केहिदिन देखी मनसुन सक्रीय भएसंगै मुलुकैभरी वर्षा भईरहेको छ । काठमाडौं उपत्यकामा पनि हिजो बिहानदेखी वर्षा जारी रहेको छ ।

साथै आज बिहानैदेखी देशका अधिकांस भुभागमा सामान्यदेखी पुर्ण बदली रही चारवटा प्रदेशका केही स्थानमा वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

विभागका अनुसार आज दिउसो प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

यस्तै आज राति बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको विभागले देशका अधिकांश स्थानमा सामान्य वदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन विभागले भनेको छ । पानी परेका क्षेत्रमा पहिरो र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम हुन सक्ने भएकाले सर्तकता अपनाउन महाशाखाका मौसमविद् गंगा नगरकोटीको आग्रह छ ।