अन्तर्राष्ट्रिय

लेबनानी दुर्घटनाको ‘शीघ्र तथा प्रभावकारी’ समाधान खोज्नुपर्छः म्याक्रोँ

२५ साउन, पेरिस । फ्रान्सले लेबनानको राजधानी तथा बन्दरगाह शहर बेरुतमा भएको घातक विष्फोटबाट परेको प्रभावलाई सम्वोधन गर्नुपर्नेमा जोड दिएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले आइतवार भने, “बेरुत बन्दरगाहमा भएको घातक विष्फोटको कारण पिडामा रहेको लेबनानलाई सहयोग पु¥याउन दातृ देशहरूले ‘शीघ्र तथा प्रभावकारी’ काम गर्नुपर्छ ।”

“आजको उद्देश्य छिटो र प्रभावकारी रूपमा भूमिमा हाम्रो सहयोगको समन्वय गर्नु हो ताकि यो लेबनानी जनताले सकेसम्म सहज रूपमा राहत पाएको महशुस गरून्,” लेबनानलाई विस्फोट पहिलेको अवस्थामा पु¥याउने सन्दर्भमा गरिएको संयुक्त राष्ट्रसङ्घीय सहयोग सम्मेलनको उद्घाटन गर्दै उनले भने ।