पु.समाचार

गौतमबुद्ध नेपालमा जन्मिएको भारतले गर्यो स्वीकार, विदेश मन्त्रालयले निकाल्यो बिज्ञप्ती

२५ साउन, नयाँदिल्ली । भारतीय विदेश मन्त्रालयले गौतमबुद्ध नेपालमा नै जन्मिएका हुन् भन्ने तथ्य सहि भएको बताएको छ ।

मन्त्रालयका प्रवक्ताले एक बिज्ञप्ती जारी गर्दै भारतमा गौतमबुद्ध जन्मिएका हुन् भन्ने भन्दा पनि गौतमबुद्ध अनि नेपाल र भारतबिचको सम्बन्धकोृ बारेमा बिदेशमन्त्रीले कुरा गरेको जिकिर गर्दै बुद्ध नेपालको लुम्बिनिमा जन्मिएको भन्ने बिश्व समुदायलाई थाहा भएको बताएको छ ।

बिदेशमन्त्री जयशंकरले गौतमबुद्ध भारतमा जन्मिएका हुन् भनेपनि नेपालको परराष्ट्र मन्त्रालयले समेत बुद्ध नेपालमा जन्मेको स्पष्ट पारेको थियो ।