राजनीति

तरुण दलको ७७ जिल्लालाई निर्देशनः अन्तर्राष्ट्रिय युवा दिवश भब्य रुपमा मनाउनुस्

२५ साउन, काठमाडौं । नेपाली काँग्रेसको शसक्त भातृसंस्था नेपाल तरुण दलले २८ गते पर्ने अन्तर्राष्ट्रिय युवा दिवश २०२० अन्तर्गतको अवशरमा देशभर रचनात्मक कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ ।

उक्त निर्णय गर्दै दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले ७७ वटै जिल्ला अध्यक्षलाई परीपत्र गरेका छन् । अध्यक्ष बस्नेतको निर्देशनुसार देशभर जिल्ला समिति लगायतले भिन्नभिन्दै कार्यक्रम गरी युवा दिवश मनाउने छन् ।

अध्यक्ष बस्नेतले कोरोना भाईरसको संक्रमणबाट बच्न सामाजीक दुरी कायम गरी, माक्स प्रयोग गरि कार्यक्रम गर्न आग्रह गरेका छन् । सरसफाई तथा फलफुल बितरणका कार्यक्रम गरी मनाउन परिपत्रमा भनिएको छ ।