अन्तर्राष्ट्रिय

बङ्गलादेशमा २४ घण्टाभित्र सङ्क्रमितको सङ्ख्या दुई हजार ४००, २४ सङ्क्रमितको मृत्यु

२५ साउन, ढाका । बङ्गलादेशमा गत २४ घण्टामा कोभिड सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या दुई हजार ४८७ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यससँगै आइतबारसम्म दुई लाख ५७ हजार ६०० व्यक्ति सङ्क्रमित भएका छन् ।

मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा भने, “विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार ४८७ रहेको छ भने उक्त अवधिमा ३४ जना सङ्क्रमितको मृत्यु भएको छ । बङ्गलादेशमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ५७ हजार ६०० रहेको र तीन हजार ३९९ सङ्क्रमितको मृत्यु भएको छ ।”

बङ्गलादेशमा गत २४ घण्टामा १० हजार ७५९ सङ्कलित नमूनाको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको बताइएको छ ।

सुल्तानाका अनुसार गत २४ घण्टामा थप एक हजार ७६६ जनाको निको भई घर फर्किएका छन् भने अहिलेसम्म निको भई घर फर्किनेको सङ्ख्या एक लाख ४८ हजार ३७० पुगेको छ ।

उनका अनुसार बङ्गलादेशमा १.३२ प्रतिशत कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म निको हुनेको सङ्ख्या ५७.६० प्रतिशत रहेको छ ।