राजनीति

डा भट्टराईको प्रधानमन्त्रीप्रति कडा ब्यंग्यः छट्टुु स्यालले के के चोर्ने हुन् ! होशियार!

२५ साउन, काठमाडौं । समाजबादी जनता पार्टीका नेता डा बाबुराम भट्टराईले अब यो धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भए। छट्टुु स्यालले के के चोर्ने हुन् ! होशियार! भन्दै व्यंग्य गरेका छन् ।
उनले ट्वीट गर्दै, ‘छट्टुुस्याल चील आयो भनेर कराउँथ्योः गाउँले आकाशतिर हेर्न थालेपछि भूइँबाट कुखुरा चोरेर भाग्थ्यो! यताकाले राम यतै जन्मेका हुन् भनेर चिच्याए, उताकाले बुद्ध उतै जन्मेका हुन् भनेर फर्काए’ भन्दै नेकपा अध्यक्ष नेतृत्वको सरकारलाई व्यंग्य गरेका हुन् ।
पूर्बप्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मँ ओलीले राम जन्मेको नेपालमा हुन् भन्दै सत्ता लम्ब्याउन षढ्यन्त्र गरेको संकेत गर्दै उक्त ब्यँग्य गरेका छन् ।

डा भट्टराईको ट्वीटः छट्टुुस्याल चील आयो भनेर कराउँथ्योः गाउँले आकाशतिर हेर्न थालेपछि भूइँबाट कुखुरा चोरेर भाग्थ्यो! यताकाले राम यतै जन्मेका हुन् भनेर चिच्याए, उताकाले बुद्ध उतै जन्मेका हुन् भनेर फर्काए। अब यो धर्म र राष्ट्रवादको ककटेलले केही महिना जनता लठ्ठिने भए। छट्टुु स्यालले के के चोर्ने हुन् ! होशियार!