सामाजिक सञ्जाल

लिङ्देन भावुकः अस्पताल पुगेर पनि उपचार नपाएर ज्यान जानु सामान्य कुरा होइन

२५ साउन, काठमाडौं । राप्रपाका माहामन्त्री राजेन्द्र लिङ्देनले अस्पताल पुगेर पनि उपचार नपाएर ज्यान जानु सामान्य कुरा होइन भनेका छन् ।

उनले अस्पताल र डाक्टरले भर्ना र उपचार गर्न नमाने पछि अस्पताल चाहर्दैमा वीरगंजमा ३जना विरामीको ज्यान गएको समाचार आएको लाई धयानाकर्षण भएको जनाउँदै उक्त कुरा बताएका हुन् ।

झापाबाट प्रत्यक्ष निर्बाचित साँसदसमेत रहेका नेता लिङ्देनले अरू ठाउँमा पनि यसप्रकारको लापर्वाहीबाट कतिले अकालमै ज्यान गुमाएका होलान् भन्दै कोरोनाका कारण उपचार नपाएर मनुपर्ने बाध्यताप्रती प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ आक्रोश पोखेको छन् ।

अस्पतालमा उपचार गर्न नपाएर बिरामीहरुले अकालमा ज्यान गुमाउनुपरेका समाचार पछिल्लो समय सामान्य बन्दै गएका छन् ।

नेता लिङ्देनको ट्वीटः अस्पताल र डाक्टरले भर्ना र उपचार गर्न नमाने पछि अस्पताल चाहर्दैमा वीरगंजमा ३जना विरामीको ज्यान गएको समाचार आएको छ। अरू ठाउँमा पनि यसप्रकारको लापर्वाहीबाट कतिले अकालमै ज्यान गुमाएका होलान । अस्पताल पुगेर पनि उपचार नपाएर ज्यान जानु सामान्य कुरा होइन।