सामाजिक सञ्जाल

डा आचार्यको टिप्पणीः कोरोना नियन्त्रणमा सरकारको प्रयास सकारात्मक तर शैली तदर्थ

२५ साउन, काठमाडौं । पूर्बाधारविद डा सेर्यराज आचार्यले कोरोना नियन्त्रणमा सरकारका प्रयासहरु सफल हुँदैगएको बताएका छन् । उनले ट्वीट गर्दै कोरोना नियन्त्रणको शैली भने तदर्थ भएको बताएका छन् ।
डा आचार्यले भनेका छन्, ‘कोरोनाले भयावह रूप लिँदै गरेको संकेत देखिँदैछन्। सरकार र नागरिक प्रयास ठिक तवरले हुँदा यसको असरलाई न्युनिकरण गर्न सकिने अरु देशको अनुभव छ।’
उनले थपेका छन्, ‘विज्ञको राय लिएर गंभिर गृहकार्य सहित प्रभावकारी योजना बनोस्। नागरिक सहयोगि बनौं।’

डा आचार्यको ट्वीटः कोरोनाले भयावह रूप लिँदै गरेको संकेत देखिँदैछन्। सरकार र नागरिक प्रयास ठिक तवरले हुँदा यसको असरलाई न्युनिकरण गर्न सकिने अरु देशको अनुभव छ। सरकारको प्रयास सकारात्मक छ, तर अलि तदर्थ शैलीको देखिएको छ। विज्ञको राय लिएर गंभिर गृहकार्य सहित प्रभावकारी योजना बनोस्। नागरिक सहयोगि बनौं।