सामाजिक सञ्जाल

धनराजको दाबीः बुद्ध भारतमा जन्मिएका हुन् भन्दै हिँड्नेले मानशिक सन्तुलन गुमाए

२५ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भ्रमवादी, अज्ञानी, मानसिक सन्तुलन गुमाएकाहरुलाई अस्पताल पुर्याउनुको बदला सत्ताको जिम्मेवारी सुम्पिंदा यस्तै भ्रमित कथाहरु सुन्नुपर्ने बाध्यता हुने बताएका छन् ।

उनले ऐतिहासिक तथ्यहरुले भन्छ, ‘बुद्ध नेपालमा जन्मिएका हुन्।’ भन्ने दाबी गर्दै भ्रमवादी, अज्ञानी, मानसिक सन्तुलन गुमाएकाहरुले भन्छन्, ‘बुद्ध भारतमा जन्मिएका हुन्।’ भन्ने दाबी गरेका छन् ।

भारतीय बिदेशमन्त्री जयशंकरले बुद्ध भारतमा जन्मिएको अभिब्यक्ती दिदै हिँडेकोतर्फ संकेत गर्दै नेता गुरुङले उक्त कटाक्ष गरेका हुन् ।

नेता गुरुङको ट्वीटः ऐतिहासिक तथ्यहरुले भन्छ, ‘बुद्ध नेपालमा जन्मिएका हुन्, भ्रमवादी, अज्ञानी, मानसिक सन्तुलन गुमाएकाहरुले भन्छन्, ‘बुद्ध भारतमा जन्मिएका हुन्।’
यस्ता भ्रमवादी, अज्ञानी, मानसिक सन्तुलन गुमाएकाहरुलाई अस्पताल पु-याउनुको बदला सत्ताको जिम्मेवारी सुम्पिंदा यस्तै भ्रमित कथाहरु सुन्नु पर्छ।