राजनीति

भगवान बुद्ध नेपालमा जन्मिएका हुन्, भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रती गम्भीर आपत्तिः काँग्रेस

२५ साउन, काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले भगवान बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरामा कुनै शंका नहुने विचार व्यक्र गरेका छन् । उनले बुद्ध जन्मेको त्यो भुभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रती हाम्रो गम्भीर आपत्ति छ भनेका छन् ।

प्रवक्ता शर्माले आवेगको जवाफमा आवेगः पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन भन्दै भारतीय बिदेशमन्त्री जयशंकरप्रति आक्रोश पोखेका छन् ।

शनिबारमात्र भारतीय बिदेशमन्त्री जयशंकरले भगवान बुद्ध भारतमा जन्मेको हुन् भन्ने सार्बजनिक अभिब्यक्ती दिएका थिए । शनिबार नै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राम भगवान नेपालमा जन्मेको दाहोर्याएका थिए । यस्ता अभिब्यक्तीप्रति लक्षीत गर्दै काँग्रेसले बिरोध जनाएको छ ।