प्रदेश 1

डा संग्रौलाको आक्रोशः बिराटनगरमा कोरानाको भय र त्रास बढ्दो, मुख्यमन्त्री राईको ध्यान काठमाडौतिरमात्र

२५ साउन, बिराटनगर । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् साँसद डा डिला संग्रौलाले प्रदेश नम्बर १ को राजधानी बिराटनगरका बासिन्दा कोरोना संक्रमणको त्रासमा रहेको बताएकी छन् । उनले बिराटनगरमा संक्रमितहरु दैनिक रुपमा थपिएपनि मुख्यमन्त्री शेरधन राई संघीय सरकारसँग साँठगाँठका लागि बढीजसो संघीय राजधानी काठमाडौं रहनु दुःखद रहेको बताएकी छन् ।

उनले सुर्यखबरसंग कुरा गर्दै देशभर नै त्रास भएपनि बिराटनगरमा केहीदिनदेखीको बन्दाबन्दीका कारण भय र त्रासको बाताबरण भएको भन्दै कोरोनाको प्रभावकारी नियन्त्रण र रोकथाम का लागि तिनै तहको सरकारको बिच समन्वय र सहकार्य को आबस्यकता बताएकी छन् । नेतृ संग्रौलाले प्रदेश सरकार सचेत र चनाखो भै बिरामी लाई राख्ने र औषधि उपचारको राम्रो ब्यस्थापन गर्दै सुरक्षित बाताबरण को सिर्जना गर्नुपर्ने भएपनि त्यसो हुननसक्नु बिराटनगर र प्रदेश नम्बर १ बासीकोलाई चिन्ताको बिषय भएको जिकिर गरेकी छन् ।

तत्काल कोरोना संक्रमितको परीक्षणको दायरा बढाउनुपर्ने भन्दै स्थानीयले पनि सामाजिक दूरी कायम गर्ने, माक्स, स्यानिटाईजर प्रयोग गर्ने, अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कने कार्यमा गम्भीर भएर सोच्नुपर्ने बताईन् । काँग्रेस नेतृ डा संग्रौला केही हप्तादेखी बिराटनगरमा नै रहेकी छन् । उनले प्रदेश नम्बर १ का मुख्यमन्त्रीसंग महामारीका बेला जनताको बेवास्ता गरेको भन्दै आक्रोश पोखिन् । उनले मुख्यमन्त्रीले प्रदेश छाड्न नहुने बताउँदै जरुरी काम भएर काठमाडौं गए तत्काल फर्किएर प्रदेशका जनताको सोवामा लाग्नुपर्ने बिचार व्यक्त गरिन् ।