पु.समाचार

काठमाडौमा ५६ जनासहित उपत्यकामा आज ६२ जनामा कोरोना पुष्टी

२४ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आज ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । काठमाडौंमा ५६ जना, ललितिपुरमा ३ जना र भक्तपुरमा ३ जना गरी उपत्यकामा जम्मा ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार आज ७ हजार ७८८ जनामा कोरोना संक्रमण परीक्षण गर्दा जम्मा ३७८ जनाका कोरोना संक्रमण पुष्टी भएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ भने नेपालमा १६ हजार ३१३ जना किो भएर घर फर्किएका छन् र कोरोनाबाट ७३ जनाको निधन भईसकेको छ ।