बाग्मती

लाईन्सद्वारा थापालाई निःशुल्क ह्वीलचेयर

२४ साउन, काठमाण्डौं । लाईन्स क्लव अफ काठमाण्डौं अभियानले ह्वील चियर निःशुल्क बितरण गरेको छ ।

बितरण कार्यक्रममा अभियानका अध्यक्ष रमेश आचार्य, डिस्ट्रक गभर्नर डा. शुसिला मल्ल, क्याबिनेट सेक्रेटरी उत्तम झा, क्याबिनेट ट्रेजरर कमल कायस्थ, एडिशनल क्याबिनेट सेक्रेटरी टिका सुबेदी, जोन चेयरपर्सन खिलराज पोख्रेल लगायतको उपस्थिति थियो ।

कार्यक्रममा दुर्ब खुट्टाको अप्रेसन भएकी धनमाया थापालाई चेयर बितरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । क्लवले बिभिन्न समयमा समाजसेवी काम गर्दैआएको छ ।