समाचार

कार दुर्घटनामा कार चालक सहित तीन जनाको मृत्यु

२४ साउन, काठमाडौं । रुपन्देहीमा एक कार दुर्घटनामा पर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक पनि रहेका छन् । घटनामा अन्य एक घाइते भएका छन् ।

लु २ च ६७५६ नम्बरको कार दुर्घटनामा पर्दा कारका चालक २६ वर्षका देवेन्द्र चौधरीसहित अन्य दुईको निधन भएको हो । घटनाका अन्य दुई मृतकको परिचय खुल्न बाँकी छ ।

परासीबाट भैरहवा जाँदै गर्दा कार गए राति अनियन्त्रित भइ दुर्घटनामा परेको हो । घाइतेको भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।