समाचार

वरिष्ठ लोकगायक प्रेमराजा र उनकी श्रीमतिमा देखियो कोरोना संक्रमण

२४ साउन, काठमाडौं । विश्वभर फैलिएको कोरोना माहामारीका कारण देश तथा विदेशमा रहने नेपालीहरु संक्रमित बनेका छन् ।

यसैक्रममा वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी श्रीमति कविता केसी महतमा कोरोना संक्रमण देखीएको छ ।

वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी दिएका छन् । उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।

उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा। सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।