राजनीति

रवीन्द्रको टिप्पणीः सरकार मधेस र पहाडका झुपडीमा होइन, विचौलियाको खल्तीमा छ

२३ साउन, काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सरकार, सिंहदरबार होइन, बालुवाटार र खुमलटारमा भएको, सरकार मधेस र पहाडका झुपडीमा होइन, विचौलियाको खल्तीमा भएको बताएका छन् ।
संसोजक मिश्रले आक्रोशित हुँदै भनेका छन्, ‘थाहा छैन? दशौँ लाख जनताको मुटुमा छ। २० दिन नखाइ बस्ने एकजनाको सत्याग्रहमा छैन भनेर यत्रो कोकोहोलो?’ उनले नेकपा नेतृत्वको सरकारप्रति भविश्यवाणी गर्दै भनेका छन्, ‘अबको चुनावमा सरकार कहाँ छ, फेरी देख्नु होला। अलि धैर्य गर्नुहोला।’

उनले इनफ ईज ईनफ भन्दै अनशन बसिरहेका ईन्जीनियरको बिषयमा सरकारले माग पुरा नगरेको बिषयमा टिप्पणी गर्दै उक्र आक्रोश पोखेका हुन् । 

संसोजक मिश्रको स्टाटस्ः
कहाँ छ सरकार?
‘सरकार, सिंहदरबार होइन, बालुवाटार र खुमलटारमा छ। मधेस र पहाडका झुपडीमा होइन, विचौलियाको खल्तीमा छ। थाहा छैन? दशौँ लाख जनताको मुटुमा छ। २० दिन नखाइ बस्ने एकजनाको सत्याग्रहमा छैन भनेर यत्रो कोकोहोलो? अबको चुनावमा सरकार कहाँ छ, फेरी देख्नु होला। अलि धैर्य गर्नुहोला।