आर्थिक

मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियरबीच सहकार्य

२३ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंक, कमलादी र हाउस अफ ईन्टेरियर सुकेधारा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा हाउस अफ ईन्टेरियरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।  मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।

बैंकले Balance Certificate, Cheque Book, Good For Payment Chequeजारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विनाशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।