पु.समाचार

झण्डै आठ हजारमा परीक्षण गर्दा थपिए ४६४ जना कोरोना संक्रमित

२३ साउन, काठमाडौं । आज कोरोना संक्रमितहरु थप ४६४ जना देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएअनुसार आजबाट नेपालमा संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।

आज ७ हजार ९ सय २६ जनामा पिसिआर परीक्षण गरिएको थियो । पछिल्लो समय लकडाउन खोलेसंगै कोरोना संक्रमितहरु बढिरहेका छन् ।