सूचना प्रविधि

क्लासिकटेकले माग्यो १६६ जना कर्मचारी(विस्तृतमा)

२३ साउन, काठमाडौं । कोरोना भाईररस (कोभिड–१९)का कारण हाल संसारमा महामारी फैलिएको छ। यस्तो अवस्थामा कतिपयले आफ्नो रोजगारी गुमाएका छन् भने जागिरको खोजी गर्नेको संख्या पनि एकदमै उच्च छ। यस्तो अवस्थामा सेवाविस्तार र नयाँ साखाहरु खोल्नेक्रममा नेपालको चर्चित इन्टरनेट सेवाप्रदायककम्पनी क्लासिकटेक प्रालिले भने एकसाथ १६६ जना कर्मचारी भर्ना गर्न थालेको छ।

कम्पनीले काठमाडौंका लागि कर्पोरेट रिलेसन अफिसरको रुपमा १० जना कर्मचारी मागेको छ। स्नातक तह उत्तीर्ण गरेका, सावरी चालक अनुमतिपत्र भएका र सेल्स एण्ड अपरेशनमा दुई वर्ष अनुभव भएकाहरुले यो पदकालागि आवेदन दिन सक्नेछन्।

यसैगरि कम्पनीले सेल्स एसोसिएट, एरिया सेल्स रिप्रिजेन्टेटिभ र फ्रन्टडेक्स एसोसियट पदहरुका लागि ५०(५०(५० जना कर्मचारी माग गरेको छ। काठमाडौं, बनेपा, पोखरा, विराटनगर, वीरगञ्ज, बुटवल, चितवन, हेटौंडा, इटहरी, धरान, विराटनगर, कावासोती, बर्दिवास, सिमरा, धुलिखेल र हाटियाका लागि यी कर्मचारी मागिएको हो। यसमा आवेदन दिनका लागि प्लसटू पास गरेको हुनुपर्नेछ। जसमध्ये सेल्स एसोसिएटको लागि फाइबर सपोर्टको अनुभव भएका, आफ्नै सवारीसाधन र चालक अनुमतिपत्र भएकाहरुले आवदेनदिन सक्नेछन्।

त्यसैगरि एरिया सेल्स रिप्रिजेन्टेटिभको लागि सेल्स र मार्केटिङमा एकवर्षको अनुभव भएको र आफ्नै सवारीसाधन तथा चालक अनुमतिपत्र भएको हुनुपर्ने उल्लेख गरिएको छ। फ्रन्ट डेस्क एसोसियट पदका लागि भने कस्टमर सर्भिसमा एक वर्षको अनुभव भएको र आफ्नै सवारी साधन तथा चालक अनुमति पत्र भएको हुनुपर्नेछ।

यस अलावा कम्पनीले सहायक शाखा प्रमुख पदको लागि पनि आवेदन माग गरेकोछ।काठमाडौं, बनेपा, पोखरा, कावासोती, नेपालगञ्ज र धादिङ गरी कुल ६ जनाका लागि यसमा आवेदन माग भएको हो। यसका लागि सेल्स एण्ड अपरेसनमा तीन वर्षको अनुभव भएको, स्नातक उत्तीर्ण भएको, आफ्नै सवारी साधन र चालकअनुमतिपत्र भएका व्यक्तिले आवेदन दिनसक्ने कम्पनीले जनाएको छ।