राजनीति

ओलीका सल्लाहकार रिमालको नारायणकाजीसँग आक्रोसः कम्तीमा प्रवक्ताको इज्जत त जोगाउनुस्

२३ साउन, काठमाडौं । प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमालले नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई नेकपाको प्रवक्ताको इजजत जोगाउनु भन्दै आक्रोस पोखेका छन् ।

नेता रिमालले ट्वीट गर्दै भनेका छन्, ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ।’

सल्लाहकारसहित रहेका नेता रिमालको ट्वीटः Enough is enough @nksthaprakash जी! कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस। ‘बिधी र पद्दती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटवन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्!
पार्टी एकता बिरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!