पु.समाचार

बुधबार कोरोना पुष्टि भएका २१ वर्षीया युवकको बिहिबार राति मृत्यु

२३ साउन, काठमाडौं । एकदिन अगाडी कोरोना संक्रमण पुष्टि भएका एक युवकको मृत्यु भएको छ । सिरहामा बुधबार कोरोना पोजेटिभ देखिएका एक युवकको बिहिबार राति मृत्यु भएको हो ।

सिरहाको गोलबजार नगरपालीका १२ का २१ वर्षका युवक अशोक महतोको उपचारका क्रममा मृत्यु भएको जनाईएको छ । मृतक युवामा मिर्गौलाको समस्या रहेको र पछिल्लो समय नियमित डायलाईसिस गर्दै आएका थिए ।

मृतक युवकको शव सिरहा ल्याउने र नेपाली सेनाले दाह- संस्कार गर्ने तयारी गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन् ।