अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमण बढेको-बढ्यैः २० लाख नाघ्यो,४१ हजार धेरैको मृत्यु

२३ साउन, काठमाडौं । भारतमा कोरोना संक्रमण दैनिक बढेको–वढ्यै छ । संक्रमणको हिसाबले अहिले भारत विश्वको तेस्रो नम्बरमा आईपुगेको छ ।

भने मृतकको सङ्ख्या पनि बढिरहेको छ । आजसम्म् भारतमा कोरोना संक्रमितको संङ्ख्या २० लाख नाघेको छ । वल्र्डमिटरको शुक्रबारसम्म्को तथ्यांङ्क अनुसार भारतमा कोरोना संक्रमितको संङ्ख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ ।

संक्रमित मध्य १३ लाख ७७ हजार ३ सय ८४ निको भएका छन् भने ४१ हजार ६ सय ३८ ले संक्रमणका कारण ज्यान गुमाएका छन् । यस्तै ६ लाख ६ हजार ३ सय ८७ संक्रमीत आईसोलेशनमा उपचाररत छन् यस्मा पनि ८ हजार ९ सय ४४ को अवस्था गम्भिर रहेको छ । जसको कारण मृतकको संङ्ख्या अँझ वढ्ने अनुमान छ ।

कोरोना संक्रमणले भारतमा उग्ररुप लिईरहेको अवस्थामा नेपालको छिमेकि देश भएकाले नेपाल पनि उच्च जोखिममा छ । खुल्ला सिमानाका कारण भारतबाट आउ–जाउ हुँदै पछिल्लो समय नाका जोडिएको जिल्लाहरुमा स्थानिय तहहरुमा कोरोनाको अवस्था भयावह बन्दै गएको छ ।