समाचार

काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बस्नेतलाई पितृशोक

२३ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ ।

उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति त्रिविवि शिक्षण अस्पताल,मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।

उनि लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको शव आजै गृहजिल्ला बाह्रबिसे ल्याइ र दाहसंस्कार गरिने काँग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिएका छन् ।