साहित्य

रिस रागको प्रतियोगिता

सनत कुमार थापा                               कविता

रिस रागको झोकमा जथाभावी नबोलौं
फेरि फर्केर बस्नु पर्छ होला एकै ठाऊ !!

बस्न नसक्ने भए खुरूक्क छुट्टेर जाऊ !
आफ्नो मुख र मन मस्तिष्कलाई नबिगारौं !!

सुभचिन्तकहरूलाई यसरी चिन्तित नबनाऊ !
सिद्धान्त एउटै जुङ्गाको लडाई अब नदेखाऊ !!

यस पालीको गाई जात्रा अहिले सम्म कै उत्कृष्टता!
जताततै गुटगत भेला रिस रागको प्रतियोगिता !!