प्रदेश 2

कोरोना लागेका प्रदेश २ का मन्त्री यादवले प्रधामन्त्री, गृहमन्त्रीलाई भेटर फर्किएका थिए….

२२ साउन, काठमाडौं । हालै काठमाडौं आएर फर्किएका प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना देखिएको छ ।

प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनीहरु केहि समय अघि काठमाडौं आएका थिए ।  सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव, प्रहरी महानिरीक्षक लगायत सहभागी भएको खुलेको छ ।

सोही क्रममा प्रधानमन्त्री, गृहमन्त्री, सातवटै प्रदेशका आन्तरिक मामिला मन्त्री, प्रहरी प्रमुखलगायतको बैठक भएको थियो । सोही बैठकमा सहभागी यादवलाई जनकपुर फर्किएलगत्तै कोरोना संक्रमण देखिएको थियो ।

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ४४ वर्षका यादवको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताईएको छ ।

बुधबार गरिएको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । उनिसंगै उनका चालक अंगरक्षक, व्यक्तिगत सुरक्षा गार्ड र एकजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।