समाचार

शनिबार रातिदेखी नेपालमा फेरी ठुलो वर्षाको सम्भावनाः मौसमवीद

२२ साउन, काठमाडौं । शनिबार रातिदेखि नेपालमा फेरि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार शनिबार रातिदेखि मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले वर्षा बढ्ने अनुमान गरिएको हो ।

यस्तै आज (बिहीबार) र भोलि (शुक्रबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार अहिले काठमाडौं उपत्यकासहित बागमती प्रदेश, प्रदेश नम्बर १ र २ मा घाम लागिरहेको छ । यस्तै गण्डकी प्रदेशको पूर्वी भागमा पनि घाम देखिएको छ । ‘तर घाम पूर्ण रूपमा लागेको छैन, आकाशमा बादल पनि छ,’ उनले भने, ‘यी प्रदेशमा आंशिक बदलीको अवस्था छ ।’गण्डकी प्रदेशदेखि पश्चिम प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिमका सबै क्षेत्रमा भने मौसम पूर्ण बदली (घामै नदेखिएको) भएको छ ।

महाशाखाका अनुसार देशभर सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानमाुन महाशालाखले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।