खेलकुद

युरोपा लिग फुटबलको अन्तिम आठमा प्रवेश

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा अष्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब ९एलएएसके० लाई २-१ ले पराजित गर्दै युनाइटेड अन्तिम आठमा पुगेको हो ।

दोस्रो लेगको जितसँगै समग्रमा ७-१ को जितसहित युनाइटेड अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा युनाइटेडले ५-० को जित निकालेको थियो ।

ओल्ड ट्राफोर्डमा सुरुवाती एक गोलको अग्रता उल्टाएर युनाइटेडले जित निकालेको हो । खेलको ५५ औं मिनेटमा फिलिप विसिंगारले गोल गर्दै एलएएसकेलाई अग्रता दिलाएका थिए ।

तर,५७ औं मिनेटमा जेसे लिंगार्डले गोल गर्दै युनाइटेडलाई १-१ को बराबरीमा फर्काए । त्यसपछि खेलको ८८ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाए ।

अब युनाइटेडले क्वाटरफाइनलमा डेनिस क्लब एफसी कोपनहेगनसँग खेल्नेछ । कोपनहेगन दोस्रो लेगमा टर्किस क्लब इस्तानबुललाई ३-० गोल अन्तरले हराएर समग्रमा ३-१ को जितसहित क्वाटरफाइनलमा पुगेको हो । क्वाटरफाइनल खेल अगस्ट १० मा हुनेछ ।