आर्थिक

मुक्तिनाथ विकास बैंक र नेपालक्रेडिट एण्ड कमर्स बैैंक बीच सहकार्य

२१ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैैंकको करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंकका सहायकनायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक लिको तर्फबाट नेपाल क्रेडिट एण्ड कमर्स बैैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरे । यस सुविधाबाट बैंकका सेवाग्राहीहरुलाई थपलाभ हुने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque, अन्तरशाखा बैंकिङ्गकारोबार सेवा निशुल्क प्रदानगर्दै आईरहेको छ । साथै बैंकको ग्राहकले VISA network  अन्तर्गत जुन सुकैबैंकको ATM बाट विना शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।